दशैं आयो तर व्यापारीको मुहारमा खुशी आएन


दिर्घ शाही,अत्तरिया – दशै तिहार नजिक आयो तर व्यापारीहरुको मुहारमा भने अझै पनि खुशी आएको छैन । दशै तिहारको चहलपहल बढ्दै छ । अन्य समयको भन्दा अहिले बजारमा पनि भिडभाड छ । प्रहरीले पनि आफ्नो सुरक्षा व्यावस्थामा कडाइ गरेको छ । तर व्यापारीहरुले अझै पनि दशै तिहार आएको महसुस गर्न पाएका छैनन् । अन्य बर्षको व्यापार सम्झीदै निराश भएर बसेका छन ।
मलिन अनुहार लगाएर पसमा बसेकी थिइन धना कठायत । विग ११ बर्षदेखि अत्तरिया ‘ओम जय मष्टा जनरल स्टोर’ आएकी कठायत आफ्नो व्यापार देखेर दिक्क भएकी छन । कोरोना महामारीले थला परेको व्यापार व्यवसाय दशै तिहारको बेला पनि माथि उठ्न नसकेको उनले बताइन ।
उनले भनिन ‘मैले यो ठाउँमा व्यापार गरेको ११ बर्ष भन्दा बढी भयो । यो बर्षको जस्ता घाटा कहिल्यै बेहोर्नु परेको थिएन । अघिल्लो बर्षपनि व्यापार भएकै थियो । अन्य बर्षको जस्तो राम्रो नभएपनि चित्तबुझ्दो व्यापार भएकै थियो । यो बर्ष त पुरै शुन्यमा झरेको छ ।
अघिल्लो बर्ष यो बर्षको भन्दा बढी कोरोनाको डर थियो । तर पनि व्यापार भएकै थियो । चैतदेखि भएको लकडाउनले व्यापारमा ठुलो घाटा भएपनि दशै तिहारको सिजनमा राम्रै व्यापार भएको थियो । उनले भनिन ‘अन्य बर्ष यो सिजना खाना खाने फुर्सद पनि पाइन्थेइन । यो बर्ष भने दिनभरी पसलमा बसेर साँझ खाली हाल घर जानु पर्ने अबस्था आएको छ ।
कोरोना महामारीका कारण सबैले राजगारी गुमाए । धेरै जसो दशैको मुखमा विदेशीदै छन । घरमा भएकासंग पैसा छैन त्यसैले पनि व्यापारमा घाटा लागेको हो । उनले भनिन ‘यो सानो लोकल बजार हो । यहाँ आउने ग्राहक सबै गाउँ घर तिरहका हुन । अहिले कसैसंग पनि पैसा छैन । दशै तिहारको मुखमा मानिस विदेशिन थालेका छन । पहिला २÷३ बर्ष बाहिलर बसेर दशैमा तिहारमा घर आउथे । हाम्रो व्यापार राम्रै चलेको थियो ।’
धना कठायतको पसल संगै जोडिएको अर्काे पसल हरिष फेन्सी स्टोरको अबस्था पनि उस्तै छ । सञ्चालक हरिप्रसाद भट्ट निराश भएर कुर्सीमा बसेका छन । उनले अत्तरियामा काम गरेको १६ बर्ष भन्दा बढी भायो । ८ बर्ष भन्दा बढी अरुको पसलमा काम गरेका भट्टले आफ्नो पसल खोलेको ८ बर्ष भयो । आठ बर्षको अबधिमा पहिलो पटक उति ठुलो व्यापार घाटा व्यहोर्नु परेको उनले बताए ।
दशै तिहारको सिजन चल्यो अब व्यापार पनि राम्रै हुन्छ भनेर उनले धेरै सामान ल्याएर पसलमा राखे तर अन्य बर्षका जस्तो व्यापार नहँदा निरश बनेका छन उनी । ऋण निकालेर पसलमा सामान राखीयो । दिनभरी व्यापार नै हुदैन । उनले भने ‘अन्य बर्ष जस्तै यो बर्षपनि राम्रै व्यापार होला भनेर धेरै सामान राखियो तर सोचे जस्तो व्यापार हुन सकेन । बजारमा ग्राहक भन्दा बढी पसलहरु भए । यो बर्ष विदेशबाट आउने भन्दा जाने बढी भए । घरमा भएकाहरुसंग पैसा छैन । कोरोना कहर कायमै भएपनि अघिल्लो बर्ष राम्रै व्यापार भएको थियो ।
सामान्य मानिससंग पैसा छैन । दशै तिहार आएपनि के गरुन । धनी हुने खानेका लागि सधै दशैं तिहार नै छ । भट्टले भने ‘धेरै मानिसले रोजगारी गुमाएर बसेका छन । अघिल्लो बर्ष धेरैले ऋण निकालेर भएपनि दशैं राम्रै संग मनाए तर अहिले सबै परदेशमा छन ।’ दशैं तिहारको सिजनमा व्यापार हुन्द्ध कि सोचेको थिए तर सोचे जस्तो व्यापार भएन । बर्षभरीको कमाइ भन्दा यो सिजनमा बढी कामाइने हुने भएपनि अहिलेको व्यापार देख्दा निराश हुनु बाहेको कुनै विकल्प नभएको उनले बताए ।
त्यस्तै ओम जय जनरल स्टोरसंगै जोडिएको अर्को पसल बोहरा सपिङ सेन्टर जुन ढाइ बर्षदेखि सञ्चालनमा रहेको छ । दशै तिहारको सिजन चल्दा पनि व्यापारमा आएको घाटाले निराश छन सञ्चालक नरेश बोहरा । उनले फेन्सी पसल सरु गरेको धेरै भएको छैन । तर पनि उनले दशै तिहारको सिजनको राम्रो संग अनुभव गरेका छन । अन्य बर्ष दशै तिहारको सिजन सुरु हँुदा खाना खाने फुर्सद पनि नपाउने बोहरा आजभोली दिनभरी ग्राहकहरुको बाटो कुरेर बसेका हुन्छन ।
अघिल्लो बर्ष कोरोनाको कहर कायमै थियो । सरकारले पनि भिडभाड नगर्न निर्देशन गरेको थियो तर पनि हाम्रो व्यापारमा त्यती घाटा लागेको थिएन । उनले भने ‘मैले पसल चलाएको धेरै त भएको छैन । पहिलो दुइ बर्षको राम्रै कमाइ भएको थियो । यो बर्ष त दिनभरी बस्नु बाहेका अरु काम नै छन । हाम्रो व्यापारको सिजन भनेकै दशै तिहारको बेला हो । यो बर्ष त खै केहि होला जस्तो छैन ।
पहिला यो बेला विदशबाट आउनेको पनि अत्तरियामा निकै भिड हुन्थ्यो यो बर्ष सुनसान छ । पहिला त विदेशबाट आउने कपडा किन्न आउथे व्यापार हुन्थ्यो यो बर्ष विदेशबाट आउने कोहि छैनन् । अन्य गाउँघरका ग्राहकहरु त दशैको पहिलो दिन पनि आउछन । उनले भने ।
अहिले व्यापारमा भएको सबै घाटाको दोष कोराना महामारी र लकडाउनलाई दिन थालेका छन व्यापारीहरु । अन्य बर्षको तुलनामा यो बर्षको दशै सामान्य नै देखिन्छ । सबैसंग पैसा छैन । धनी हुने खानेका लागि यो दशै हर्ष उल्लासको वर्ष भएपनि गरिबहरुका लागि दशा जस्तै बनेको छ । व्यापारीहरु व्यापार नभएर चिन्तामा छन । गाउँघरमा दशैको बेला को संग ऋण मागेर दशै मनाउने भन्ने चिन्तामा छन गरिब नागरिकहरु । लकडाउनले सिथिल बनेको बजार दशै तिहारको सिजनमा चलमालाउछ कि ? भन्ने आशमा रहेका व्यापारीहरुमा फेरी चिन्ता बढेको छ ।
दोस्रो लहरको कोरोना महामारी सुरु भएपनि नेपालमा पनि बैशाख १५ देखि देशका विभिन्न ठाउँमा निषेधाज्ञा र लकडाउन गरिएको थियो । कोरोना महामारी संगै सुरु भएको लकडाउनले कयौ व्यापारीहरु विस्तापित समेत भएका छन । बर्षभरी हुने व्यापार भन्दा यो सिजनामा बढी कमाउने भएपनि यो बर्ष व्यापार शुन्यमा झरेको धना कडठायत बताइन । दशै तिहारका बेला राम्रो व्यापार हुने आशमा लाखौको सामान ल्याएर राखेका व्यापारीहरु अहिले उदासिन बन्दै बसीरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0