अत्तरिया मनहराकाे ग्वासी समैजी शिव मन्दिरमा धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ सुरु


अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ मनहरा श्री ग्वासी समैजी शिव मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा ज्ञान विज्ञान धार्मिक महोत्सव सुरु भएको छ ।

सप्ताह महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव को बिहिबार गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन् ।

महायज्ञको उद्घाटन गर्दै नगरप्रमुख भट्टले नेपाल धार्मिक सद्भाव र एकताका लागि विश्वमै उदाहरणीय रहेको बताए । उनले समाज एक आपसमा मिलेर बसेको बताउँदै सबै धर्म र सम्प्रदाय बीच बलियो एकता रहेको बताए ।

महायज्ञ उद्घाटन कार्यक्रममा नगर प्रबक्ता तथा वडा नं १ का अध्यक्ष गोपाल दत्त भट्ट लगायत स्थानीयको सहभागिता रहेको थियो । महायज्ञ स्रावण १० गते देखि  १६ गते सम्म संचालन हुने छ ।

मन्दिरको स्तरोन्नती, सनातन धर्म संस्कती जोगाउनका लागि महायज्ञ सञ्चालन गरिएको श्री ग्वासी समैजी शिव मन्दिरमा धार्मीक ज्ञानविज्ञान सप्ताह महायज्ञका संयोजक शंकर दत्त पन्तले बताए । उनले एक हप्ता सम्म संचालन हुने महायज्ञमा अच्युत शरण महाराजले कथा वाचन गर्ने बताए । ‘स्थानीय भक्तजनहरूले पूजागर्नका लागी टाढा–टाढा धाउनु नपरोस् भन्नका लागि महायज्ञको आयोजना गरिएको हो’, उनले भने । ‘यसमा स्थानीय, समाजसेवी, व्यापारी सबैको सहयोग आवश्यक छ ।’

श्री ग्वासी समैजी शिव मन्दिरका मूल समितिको आयोजनामा भएको उक्त आधुनिक किसिमले मन्दिर स्तराेन्नती गर्नको लागि महायज्ञ ज्ञान तथा ज्ञान विज्ञान धार्मिक महोत्सव आयोजना गरिएको संयोजक पन्तले वताए ।उनले सम्पूर्ण सहयोगी हरुलाई भौतिक रूपमा पनि उपस्थित हुन आग्रह गरे । महायज्ञमा जडिबुटि सम्वन्धी ज्ञान पनि राख्ने, साथै धार्मिक ज्ञान विज्ञान लगायत हिन्दूधर्म सम्बन्धि ज्ञानका कुराहरू वाचन गरिने छ । धार्मिक महोत्सव बिहीबार बिहान विभिन्न संस्थाहरु ,विद्यालयहरु, पञ्चेबाजा प्रदर्शन, सखिया नाच प्रदर्शन लगायत समाजसेबी, बुद्धिजिवी व्यक्तिहरूको सहभागिता भई कलश यात्रा निकालेको थियाे।

महायज्ञ तथा धार्मिक महोत्सव मन्दिर प्राङणमै आयोजना गरिएको छ । महायज्ञमा बिहान ५ बजे देखि बिहान ७ बजे सम्म योग विज्ञान शिविर, १ हजार ८ सलिकग्राम पूजन तथा परिक्रमा, बिहान ७ बजेदेखि श्रीमद्भागवत पूजा, मूलपाठ, रुद्री पाठ पारायण, ११ बजे देखि  दिउसाे ४बजे सम्म प्रबचन तथा विभिन्न भाषा भाषीका भजन कीर्तन, बाल संस्कार, साँझ ७ बजे देखि १० बजे सम्म बृहत भागवत चर्चा,राष्ट्रिय गीत र दिव्य झाँकी हुने छ अायाेजकले वताएका छन । साथै कार्यक्रममा प्रमुख अतिथि भट्टले अाफ्नाे व्यक्तिगत तर्फवाट नगद १० हजार सहयाेग गर्ने तथा अन्य कुनै समस्या अाएमा नगरपालिकाले अाफ्नाे सहयाेग गर्ने वताएका छन।