४२ औ वि.पि. स्मृति दिवसको सन्दर्भ पारेर चामल, दाल, नुन, तेल, तरकारी लगायतका खाद्यान्न सामग्री सहयोग गरिएको नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिका सभापति विर बहादुर चोखालले मिडियालाई बताए ।
यस्तै नगर कार्यसमितिका सभापति विर बहादुर चोखाल र सचिव योगेश भट्टले व्यक्तिगत तर्फबाट उनिहरुलाई सहयोग गरेका छन । सहयोग हस्तान्तरण कार्यक्रममा क्षेत्रिय सचिब जयराज फुलारा, नगरकाेषाध्यक्ष मदन शर्मा, निरज शाह र वडा सदस्य गम्भिर साउँदको सहभागिता रहेको थियो ।