गोदावरीमा दादुरा- रुबेलाविरुद्दको खोप लगाइँदै गर्दा अभिमुखिकण कार्यक्रम सञ्चालन


अत्तरिया : कैलालीको गोदावरी नगरपालिका भित्रका बालबालिकालाई फागुन १३ देखि दादुरा–रुबेला खोप लगाइ रहेको छ । नगरपालिकाले आफ्नो पालिका भित्र फागुन २४ गते सम्म खोप अभियान सञ्चालन गरेको छ ।

अभियानलाई सफल पार्नका लागि आफ्नो ठाउँबाट के गर्न सकिन्छ, के कस्ता चुनौती छन् ? आगामी दिनमा कसरी सबै बालबालिकालाई पहुँचमा ल्याई सफल पार्नका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको जानकारी स्वस्थ्य शाखा अधिकृत बिर बहादुर कुँवरले जनाए ।

दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न नगरका ९५ विद्यालयमा खोपकेन्द्र तोकिएको गोदावरी नगरपालिका स्थास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन् । अभिमुखीकरण कार्यक्रममा कार्यपालिका सदस्य लगायत वडाका वडा अध्यक्ष, स्वस्थ्य कर्मचारीको उपस्थिति रहेको थियाे ।

यस अभियान अन्तरगत ४० हजार ८०४ बालबालिकालाई खोप लगाइने बताए । नगरपालिकाको खोप केन्द्रहरु प्राय विद्यालयमै तोकिएका छन । अभियानमा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिका समेटिने छ ।

अभियान सञ्चालनका लागि ११३ जना स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । दादुरा–रुबेला विरुद्धको खोप अभियान अन्तरगत तराइका २१ जिल्ला र काठमाण्डौं उपत्यका भित्रका ३ जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई लगाइँदै छ भने बाँकी ५३ जिल्लाहरुमा भने ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइदै छ ।

सुदूरपश्चिममा कैलाली कञ्चनपुर दादुरा–रुबेलाको उच्च जोखिममा रहेका जिल्लाका रुपमा पहिचान गरिएको छ भने डोटी, डडेल्धुरा, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुलालाई न्यून जोखिम भनी पहिचान गरिएको छ ।

विद्यालय बाहिरका बालबालिकालाई स्वयमसेविकासंगको सहकार्यमा अभिभावकले खोपकेन्द्रसम्म पुर्याउनु पर्नेछ । नगरपालिकाको स्वास्थ्य शाखाले ९ दिनसम्म सञ्चालन गर्ने यो अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ ।

अभियान सञ्चालनकालागि स्वास्थ्यकर्मी र स्वयमसेविका गरी १ सय १३ जना खटिरहेको अवस्थीले बताए । यसैबच गोदावरी नगरपालिकाले नगरका सबै स्वास्थ्यकेन्द्रमा रहेका स्वास्थ्कर्मीलाई दादुरा–रुबेला खोप अभियान सम्बन्धी अभिमुखीकरण  समेत गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार उक्त  स्वास्थ्यकर्मी, वडा अध्यक्ष, पालिका सदस्य, मिडियाकर्मी लगायत लाई नगरपालिकाकाे सभाहलमा अभिमुखीकरणको आयोजना गरेको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0