नेपालमा ‘पाँच तारे डिलक्स’ होटल एउटा, र पाँचतारे होटलको संख्या १७ पुग्यो


        रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट(फाइल तस्वीर)

काठमाडौं । नेपालमा पाँच तारे र सो स्तर भन्दा माथिको होटल संख्या १८ पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँच तारे स्तरको होटल संख्या १७ पुगेको छ ।

पर्यटन विभागका अनुसार झापाको धुलाबारीमा सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटलको स्तरमा सूचीकृत भएको हो । कुल १०१ कोठा रहेको यो होटलमा १८५ वटा शय्या छन् । होटलले ११० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

पाँचतारे स्तरका १७ वटा होटलमा २ हजार ७७६ वटा कोठा रहेका छन् । यी होटलले एक साथ ४ हजार १६० जना पाहुनालाई सेवा दिन सक्छन् । नेपालमा रहेका कुल पाँचतारे होटलले ३ हजार ८६८ जनालाई प्रत्यक्ष रोजगारी दिएको देखिएको छ ।

पर्यटन विभागका अनुसार पछिल्लो समय झापाको विर्तामोडमा खुलेको होटल द किङ्सवरी र काठमाडौंको ताहाचलमा खुलेको सिटी होटल लिमिटेड ९हायात प्लेस० ले पाँचतारे स्तरको वर्गीकरण पाएका छन् ।

पाँचतारे होटलमध्ये बढी रोजगारी सिर्जना गर्नेमा सोल्टी होटल र तारागाउँ रिजेन्सी (हायात रिजेन्सी) रहेका छन् । यी दुई होटलले क्रमशः ५५० र ४१० जनालाई रोजगारी दिएको देखिएको छ ।

यी हुन् नेपालका पाँचतारे होटल

होटल                                     कोठा                शय्या           रोजगारी
होटल सोल्टी (ताहाचल)                   २८२               ४३४               ५५०
होटल डेला अन्नपूर्ण (दरवारमार्ग)          १५३               २३०               ३४४
द होटल एभरेष्ट इन्टरनेशनल (नयाँ बानेश्वर) १६०             २८०
पोखरा ग्राण्ड होटल                            १४०             २४७              १७३
होटल द फूलबारी (पोखरा) (बन्द अवस्थामा रहेको)   १६५   २००
ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन) लाजिम्पाट  २६०        ३५०          ४००
तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी) बौद्ध    २९०         ४२६           ४१०
याक एण्ड यति (दरवारमार्ग) २४७ ३५० ३०५
द मल्ल होटल (लैनचौर) १०० १६३ १५३
होटल सांग्रिला, लाजिम्पाट १०० १६९ २१०
टाइगरवान प्रालि, रुपन्देही १०२ १४६ २०२
सोल्टी वेस्टेण्ड लिमिटेड, नेपालगन्ज ८० ९९ ८०
होटल सेन्ट्रल प्लाजा, बाँके ८० ९९ ७०
होटल मेरियट, नक्साल २१५ ३४४ ३००
होटल अलफ्, ठमेल १६७ २१६ १८०
होटल द किङ्सबरी, झापा ८२ १०० १५०
सिटी होटल लिमिटेड (हायात प्लेस) ताहाचल १५३ ३०६ १८६
कुल २७७६ ४१६० ३८६८
स्रोत स् पर्यटन विभाग

कसरी हुन्छ वर्गीकरण ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ माघ २०७७ मा राजपत्रमा एक सूचना जारी गर्दै एकतारेदेखि पाँच तारे डिलक्ससम्मका होटलको वर्गिकरणका लागि मापदण्ड तोकेको थियो । सो मापदण्ड पूरा गर्ने होटलले स्तर अनुसार तारा पाउँछन् । होटल रहने क्षेत्रफलदेखि संरचना सहितको अनुगमनपछि विभागले स्तर निर्धारण गर्छ ।

हेरिटेज र बुटिकको छुट्टै वर्गीकरण

पर्यटन विभागले हेरिटेज र बुटिक होटलको वर्गीकरण भने छुट्टै गरेको छ । विभागका अनुसार नेपालमा यस्तो वर्गीकरणमा कुल ४ वटा होटल अटाएका छन् । खासगरी मौलिक डिजाइनमा बनेको संरचनाका होटललाई यस्तो वर्गीकरणमा राखेर अलग्गै सूचीकरण गर्न थालेको हो ।

विभागका अनुसार काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिकाज काठमाडौं भिलेज होटल यो सूचीमा रहेको छ । कुल १३७ कोठा रहेको होटलमा २७४ शय्या छन् । द्वारिकाजले २३०५ जनालाई रोजगारी दिएको छ ।

नेपालमा हेरिटेज र बुटिक होटलले कुल ३३९ कोठा छन् । यी कोठामा ५५४ शय्या रहेका छन् । हेरिटेज र बुटिक होटलले ४९८ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

हेरिटेज र बुटिक होटलमा कुन कुन परे ?

होटल                                     कोठा शैया रोजगारी
द्धारिकाज काठमाडौं भिलेज होटल, बत्तिसपुतली १३७ २७४ ३०५
इमिरो प्लाजा प्राली (बसेरा बुटिक होटल), बबरमहल ६० ८५ १००
पबेरा बुटिक होटल, बुढानिलकण्ठ ६२ ९६ २५
होटल मनास्लु, लाजिम्पाट ८० ९९ ६८
कुल ३३९ ५५४ ४९८
स्रोत : पर्यटन विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0