अत्तरिया बजारमा तिहारको चहलपहल बढ्यो


अत्तरिया, दिर्घ शाही– तिहार नजिकिदै गर्दा कैलालीको अत्तरिया बजारमा चहलपहल बढेको छ । दशैपछिको ठुलो पर्व तिहारका लागि आबश्यक सामान किनमेल गर्ने उपभोक्ताको भिडभाड बढेको हो । अत्तरिया बजारमा चारैतिर ठेलामा तिहारका लागि सामान राखी व्यापार गर्नेको पनि ठुलो भिड लागेको छ ।

कुकुर तिहारकै दिनदेखि चाहिने फूलमाला, भाईटीकामा चाहिने ढाका टोपी, मजेत्रो, तौलिया, भेष्ट, सर्ट लगायतको व्यापार बढेको छ । त्यस्तै भाइटिकामा चाहिने विभिन्न किसिमका केशरीका रंग, लक्ष्मीको फोटो, माटाका पाला, मैनबत्ती लगायतका सामग्रीहरुको व्यपार पनि बढेको छ ।

विभिन्न प्रकारका माला, रङ, मैनबत्ती, माटोका दियो लगायतका घर सजाउन आबश्यक पर्ने सामाग्री राखेर सडकको छेउमा दर्जनौको संख्यामा ठेला गाडा राखीएका छन । यसरी ठेलामा सामान राखी दशै तिहारको बेला व्यापार गर्नेको मारमा ठुला व्यापारी परेका छन । अत्तरिया बजारमा ठेला राखी व्यापार गरिरहेका अधिकांश भारतीय नागरिक रहेका छन ।

अत्तरिया बजार निकै सिगारिएको छ । बजारमा चारैतिर ठेलामा विभिन्न रङका माला राखीएका छन । समान किन्नेहरुको पनि निकै भिड छ । दशै सकिएपछि केहि दिन बजार सुनसान बनेको थियो । आजदेखि तिहार सुरु हुदैछ । भारतसंग सिमा जोडिएकै कारण यहाँका व्यापारीहरुले भारतबाट सस्तोमा सामान ल्याएर ठेलामा राख्नेहरुले गर्दा बर्षाैदेखि व्यापार गरिरहेका व्यापारी मारमा परेका छन ।

कतिपयले सडको छेउमा सानो टेवल राखी सामान बेचिरहेका छन । दशै तिहारको बेला मात्र देखिने अबसरबादी व्यापारीका कारण आफ्नो व्यापारमा ठुलो घाटा लागेको राकेश स्टोर सञ्चालक आयुष कुमारले बताए । विगत १५ बर्षदेखि अत्तरियमा व्यापार गर्दै आएका उनले यो बर्ष धेरै घाटा भएको बताए । कोरोनाका कारण व्यापार ओरालो लागेको भण्डै दुइ बर्ष भयो । दशै तिहारमा केहि राम्रो होला भनेको दशैमा पनि सोचे जस्तो व्यपार भएन । तिहारमा व्यापार होला कि ? भन्ने आशमा थिए साना ठेलाहरुले मेरो पसल नै नदेखिने गरी अगाडी पसल थापे पुरै डुबाउने भए यीनिहरुले । उनले भने ।
राकेशले तिहारका लागि काठमाडौंबाछ सामान ल्याएका छन । उनको ढुवानी पनि महंगो छ । नेपाली ब्राण्डको सामान बजारमा महंगोमा पाइने गरेको उनले बताए । उनले भने ‘यहाँ राखीएका अधिकांश ठेला व्यापारीहरुले भारतबाट सामान ल्याएका छन । उनिहरु कम मुल्यमा पनि सामान बिक्री गर्छन । मानिसहरुले कम मुल्यमा सामान खोजिरहेका हुन्छन । त्यसैले हाम्रो व्यापार कम भएको हो ।

सडको दायाँ बायाँ साना ठेला गाडामा कपडा, जुत्ता चप्पल लगायतका अन्य घरायसी सामान राख्नेहरुको संख्या बढीरहेको छ । यी सबैले भारतबाट सामान ल्याएका हुन । हाम्रो भन्दा कम मुल्यमा पनि दिने गर्दछन । सबै ग्राहकहरुले सस्तोमा सामान खाज्छन । त्यसैले पनि हाम्रो व्यापार कम भएको हो । उनले भने ।

केहि बर्षदेखि अत्तरियामा ठेला राखी फलफूल बेच्दै आउकी कमला देवी धामीले पनि तिहारका सामानले ठेला भरी भराउ गरेकी छन । उनले भनि मैले त २÷३ बर्षदेखि अत्तरियामै फलफूल बेच्दै छु । तर केहि दिन देखि बजारमा नयाँ ठेलाहरु आएको छन । साइकलको पछाडी काठ जोडेर तिहारको मौका छोपी व्यापार गर्ने धेरै देखिएका छन । जसको कारण हामी जस्ता साँझ विहानको छाक टार्न व्यपार गर्नेहरु मारमा परेका छन ।

विगत २ बर्षदेखि अत्तरियाको पिपल गल्लीमा नास्ता पसल चलाउदै आएकी तेतृ शर्मा निराश देखिन्थीन । उनको पसल अगाडी धेरै साना ठेला थापीएका छन । सडकबाट शेर्दा उनको पसल देखिदैन । उनि भन्छीन दशै तिहारमा व्यापार होला साच्छौ तर ठेला वालाले सबै बरबाद गरिदिन्छन । पसलको अगाडी ल्याएर सामान राख्न कस्लाई हटाउने कोहि मान्दैनन । आर्फैले घाटा सहनु पर्छ । उनले पनि तिहारका लागि सामान राखेकी छन तर व्यापार भने कमै भएको बताइन ।

साना ठेला व्यापारीको मारमा परेकी छन पूजा चौधरी पनि । उनले ३ बर्षदेखि अत्तरियामा चौधरी श्रीगार पसल चलाउदै आउकी छन । अन्य बर्ष तिहारको बेला सामा किन्नहरुको भिड हुन्थ्यो । एक चोटी पनि फुसैद पाउदैनथे । योब बर्ष अगाडीका ठेला हेरी बस्नु परेको छ । उनले भनिन् ‘मैले पसल चलाएको धेरै भयो । तर यो बर्ष जस्तो घाटा कहिल्यै भएको थिएन । अन्य बर्ष यस्ता ठेलामा सामान बेच्ने पनि कमै थिए । हाम्रो व्यापार राम्रै चलेको थियो ।

ठुला पसलमा समान महंगो हुने भएकाले साना ठेलाबाट तिहारका लागि सामान किनेको कलुवापुरकी बसनती दमाइले बताएन । हामीसंग धेरै पैसा हुदैन । घरका लागि धेरै सामान किन्नु पर्छ । अरुसंग ऋण मागेर सामा किन्न आएकी दमाइले भनिन ‘व्याँजमा पैसा निकालेर सामान किन्न आएकी हुँ । घरमा धेरै सामान चाहिएको छ तर मसंग त्यति पैसा नै छैन । ठुला पसलमा गयौ भने महंगो भन्छन त्यसैले सनो ठेलाबाट सामान किनेको उनले बताइन ।

अहिलेको आधुनिक समयमा प्रविधिको विकाससँगसँगै अनेक थरीको इलेक्ट्रिक बत्ती, पाला, झिलिमिली बत्तीका साथसाथै सयपत्री फूलको मालाहरूसमेत प्लास्टिकको ब्यापार पनि बढेको छ । पछिल्लो समय प्रविधिको विकासले पनि चाडपर्वहरू मनाउन सजिलो भएको छ । सयपत्री र मखमल फूलको अभाव भएसँगै प्लाष्टिकका फूलका गुच्छा, सप्तरंगी टीका, झिलिमिली बत्ती, लक्ष्मीपूजाका सामान लगायतका सामग्रीपनि विक्रि वितरण भइरहेको छ ।

No description available.

हर्षोल्लासको पर्व

कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि सुरु हुने यो पर्व पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । तर, यस वर्ष कात्तिक १७ गते त्रयोदशी तथा चतुर्दशीको दिनमा कुकुर र काग तिहार एकै दिन परेको हुनाले १८ गते लक्ष्मीपूजा, १९ गते गाई तथा गोरु पूजा र २० गते द्वितीया तिथिमा भाइटीका परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

भाइटीका विशेष गरी दिदीबहिनी र दाजुभाइको पर्व हो । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइन्छ । दाजुभाइले दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता पनि रहेको छ ।
दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

त्यसमाथि तिहार भन्नेबित्तिकै मस्तिष्कमा झिलिमिली बत्ती, सयपत्री र मखमली फूलको झझल्को आउने गर्छ । हरेक घर झिलिमिली बत्तीका साथै बलेको दियोले सजिएको हुन्छ । प्रायः सबैको घरमा सयपत्री, मखमली अनि गोदावरी फूल रोपिएको हुन्छ । ती पुष्पहरूबाट आएको सुगन्धले घरवरपरको वातारणसमेत रमणीय बनाउने गर्छ । यदि घरमा नभए किनेर नै भए पनि फूल ल्याएर घरको झ्याल, ढोकाका साथै घरवरिपरि फूलको मालाले सजाउनेदेखि लिएर पूजाअर्चनासमेत गर्ने प्रचलन छ ।

फूलको सुगन्ध र बत्तीको चमकले घरमा अर्कै रौनक ल्याउँछ भने सयपत्री र मखमली फूलको माला बनाउँदा मनमा अर्कै आनन्द आउने गर्छ । पहिले–पहिले गाउँघरमा गोबर, रातो माटो र कमेरोले लिपेर, माटाको पालामा दियोबत्ती जलाएर घरलाई उज्यालो पारिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0