देव सार्कीको पीडा– एक दिन जुत्ता चप्पल सिलाउन छोडे भोकै बस्नु पर्छ


दिर्घ शाही, अत्तरिया – शिरमा धाका पोटी लगाएर अत्तरियाको बरपिपल गल्लीको छेउमा सानो पलास्टिक बिछ्यार बसेका देव बहादुर सार्किका वरिपरी विभिन्न रंगका धागोका पोकाहरु राखिएका छन । सानो काठको बाकसमा अडेस लागएर बसेका सार्कि ६४ बर्षका भए । पुर्खेउली घर डडेल्धुरा भएका देव बहादुर सार्कि दशकौदेखि अत्तरियामा जुत्ता चप्पल सिलाउने काम गर्दै आएका छन ।
उनले दशकौ देखि आफ्नो बुवा बाजेको पेश जोगाएको बताए । उनका बुवा बाजेले गर्दै आएको जुत्ता सिलाउने थियो र त्यही पेश उनले ६४ बर्षको हँदा सम्म छोडेका छैनन । यन्य काम गर्ने कुनै सिप नभएका सार्कि करिब १६ बर्षदेखि अत्तरियामा जुत्ता सिलाउदै आएका छन ।
सानै उमेरदेखि जुत्ता सिलाउने काम गर्ने उनले १६ बर्ष अत्तरियामा ५ बर्ष बन्दा बढी महेन्द्रनगरको मदन चोकमा र ३ बर्ष भन्दा बढी गुलरियामा बसेर काम गरेको बताए । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ कलुवापुर घर भएका सर्किको ठुलो परिवार छ । तर उनि अहिले पनि जत्ता चप्पल सिलाएर नै पेट पालिरहेका छन । भोक र मानिका आबश्यकताले कहिल्यै पनि उमेर नहेर्दाे रहेछ । उनि जस्ता हजारौ बृद्धहरु अहिले पनि कठिन परिश्रम गरेरै छाक टारीरहेका छन ।
विहान ६ बजे नै घरबाट उनि बाटो लाग्छन तर उनलाई अत्तरिया चोक सम्म पुग्न एक घण्टा भन्दा बढी लाग्छ । एक घण्टा भन्दा लोमो बाटोमा हिडरेर आउछन । दिभरी जुत्ता चप्पल सिलाउछन साँझका लागि खानेकुरा किनेर घर जान्छन । दिउस भरी कमाएको सबै पैसाले सामान किन्नै पुग्दैन । उनले भने‘दिउस भरी घामको धुपमा बसेर काम गर्नु पर्छ दुइ तीन सय जम्मा हुन्छ । त्यो पैसाले साझका लागि सागपात किन्नै ठिक्क हुन्छ । यसरी नै गुजरा चलेको छ । हामीले गरेको मिहिनेत कसैले देख्दैनन जुत्ता चप्पल सिलाउन आउछन । पैसा दिने बेला महङ्गो भयो भन्दै बार्गेनिङ गर्न थाल्छन ।’ उनले दुखेको पोख्दै भने । उनका चार छोरा छन । सबै छोराको विहे भइसकेको छ । तर उनिसंग अहिले एउटा छोरा पनि छैन ।
उनले भने मेरा चारा छोरा छन । तीन छोराले बुहारी सहित लगेर भारत गएका छन । नेपालमा भएको छारो पनि मसंग बस्दैन । हामी बुढा बुढी एक्लै बस्छौ । दिउस भरी जुत्ता चप्पल सिलाएरै गुजरा चलाइरहेका छौं ।
उनी विहानै रोटी पोका पारेर अत्तरिया आउछन । साँझ ६ बजे सम्म जुत्ता चप्पल सिलाउछन । दिउँस भरीको कमाइ कहिल्यै दुइ सय हुन्छ कहिल्यै बढी । घरमा खेती गर्नका लागि जमिन पनि छैन उनि संग । उरुको खेती अदिया गरेर खान सक्ने अबस्था पनि छैन । जति सम्म सकिन्छ जुत्ता चप्पल सिलाएर गुजरा चलाइन्छ । उनले भने विहान बुढीले राटी पकाइ दिन्छ त्यही राटी पोको पारेर आउछु । दिउसभरी जुत्ता चप्पल सिलाएर जम्मा भएको पैसाले साँझ एक दुइ किलो चामल तरकारी किनेर जान्छु ।
नेपाली समाजमा चलन चल्तीको उखान ‘नौ छोरा १८ नाती कानको जुवा कानै माथि’ भन्ने उखान आफ्नो जीवनमा जोड्दै भने मेरो पनि चार छोरा बुहारी छन । नाती नतीना पनि छन तर मैले यो बुढेसकालमा जुत्ता चप्पल सिलाएर खान परेको छ । उनले भने मैले एक दिन पनि काम गरेन भने भोकै बस्नु पर्छ । थोरै कमाइ भएको दिन पेट भरी खान पनि पुग्दैन । आफ्नो खेतबारी छैन । अरुकोमा काम गरेर खान सक्ने तागत छैन ।
सानै उमेरदेखि नै जुत्ता चप्पल सिलाउन सिकेका देवले अन्य कुनै कामको ज्ञान छैन । सानैमा बुवा बाजेसंग बसेर यो काम सिकेको उनले बताए । उनले भने हाम्रा पुर्खाले यस्तै काम गरेका थिए । मेरा बुवा बाजेले नि यस्तै काम गरे मैले पनि उहाँबाट काम सिकेर आज सम्म आफ्नो गुजरा चलाइरहेको छु । अबका आम्रा सन्तानले यस्तो काम गर्न मान्दैनन । मेरा पुर्खाले गरेको काम भएर मैले त यो काम छोड्नै सकेन । अब त छोडौं भने पनि अन्य कुनै सिप छैन यसैले पालेको छ मेरा बुढा बुढीलाई ।’
बुढेसकाल लागेका देबहादुरलाई अझै जागर मरेको छैन । उमेरले मात्रै बुढा भएका उनी अहिले पनि तन्नेरी जस्तै दिउँसभरी काम गर्न सक्छन । अत्तरियाको सानो बजारमा उनि जस्तै धेरै जुत्ता चप्पल सिलाउदै बसेका व्यक्तिहरु छन । सबैका आ–आफ्नै पीडाहरु छन । मानिस कहिल्यै पनि रहरले काम गर्दै उसको बाध्यता हुन्छ । घर परिवार पाल्नु पर्ने हुन्छ अन्य काम गर्ने सिप नभएपछि सानै कमाइमा चित्त बुझाउदै जुत्ता चप्पल सिलाएर बस्नु उनिहरुको बाध्यता बनेको छ । अन्य धेरै आम्दानी हुने पेशा गरौ भने लेखपढ गर्न जान्नु पर्छ सिप सिकेको हुनुपर्छ । हामीले अरु कुनै सिप सिकेका छैनौ थोरै कमाई भएपनि दिन काट्नु र गुजरा चलाउनु त हो । देव बहादुरले भने ।
बुवा बाजेको पेशालाई जिवन्त दिइरहेका देव बहादुर रहरले होइन बाध्यताले यो काम गरिरहेका छन । हजारौ पीडा छन उनिसंग उनले एक दिन पनि जुत्ता चप्पल सिलाउन छोडे भोकै बस्नु पर्छ अन्य कुनै आधार छैन । उनले भने ‘यो बुढेसकालमा मलाई यस्तो काम गर्ने रहर थिएन । काम छोडेर घरमै आरम गरेर बस्न मन त छ । तर, हामी जस्तो अभागिले कहाँ पाउँछौ र यस्तौ अइस आरामको जिन्दगी निउन ।
दलितको घरमा जन्मिए सनैदेखि ठुला बडाको सम्मान गर्न र साहुको घरमा हलि लाग्न मात्र सिके । गाउँमै सानो तिनो काम गरेर बुवाले परिवार पलिरहेका थिए । साहुको खेतबारी जोतेर, दाउरा चिरेर साँझ उनैले दिएको धुलो (पिठो) चामलले छाक पार्थेउ विहान जस्को घरमा काम गर्न गयो उसैको घरमा खाएर आधा जिन्दगी गयो । अब बुढेसकालमा न कसैको हलो जोत्न सक्छु न कुनै अरु काम गर्न । कामै नगरी कसैले दिदैन । जुत्ता चप्पल सिलाएरै भएपनि बुढा बुढी पालिएका छौं उनले भने ।
बुवा बाजेले जुन काम गरेको छ त्यही काम गर्ने हाम्रो समुदायको त्यो बेलाको परीपाटी थियो । बुवा जुसको घरमा माग्न जान्थे हामी पनि संगै जान्थेउ । सबै गाउँका साथीहरु विद्यालयउ पढ्न जान्थे म बुवासंग सधै गाउँ डुल्थे । उनले भने ‘त्यो बेलामा विद्यालय जानु त धेरै टाढाको कुरा हो । मैले विद्यालय पनि देखेको थिएन । सबै विद्यलय गएको देख्दा रहर त लाग्थ्यो । कुनै दिन म पनि विद्यालय जानु पर्छ सोच्थे तर मेरो सो कहिल्यै पुरा भएन । यदी मैले पढ्न पाएको भए अहिले यसरी दुःख गर्नु पर्ने थिएन होला ।
देव बहादुर जस्ता हजारौ जेष्ठ नागरिक छन जो परिवार भएर पनि एक्लो भएका छन । कतिपय जेष्ठ व्यक्तिहरु बृद्धा आश्रममा कष्टकर जीवन यापन गरिरहेका छन भने कयौ जेष्ठ व्यक्तिहरु अझै पकि दिरात काम गरेर जीवन चलाइ रहेका छन । देव बहादुर जस्ता कयौ व्यक्ति होटलमा भाडा माझि रहेको र बाटोमा हात थापेर मागि रहेको अबस्थामा भेटिने गरेका छन ।
देव बहादुर दिनमा ४÷५ जोडी जुत्ता चप्पल सिलाउछन । कसैले मागे जती पैसा दिन्छन भने कसैले बार्गेनिङ गर्दै थोरै पैसा दिएर जान्छन । विहान कलुवापुरबाट एक घण्टा भन्दा बढी हिडर अत्तरिया पुग्छन उनी उनि । दुइ दशक भन्दा बढी जुत्ता चप्पल सिलाएरै विताए देव बहादुरले तर पनि अहिले सम्म एउटा साइकल सम्म किन्न सकैका छैनन् । कैलाली र महेन्द्रनगरका विभिन्न चोकमा बसेर उनले जुत्ता चप्पल सिलाएका छन । उनले भने ‘ जति कमाएपनि साँझ विहानको जोहो गर्दैमा ठिक्क हुन्छ । सधै हिडेर जान्छु । साइकल किन्न साहुको ऋण निकाल्न खोजे तर बुढीले निकाल्न दिइन । बाटोमा हिन्दै गर्दा कहिलेइ कसैले मोटरसाइकलमा लगि दिन्छन । यदि उनले साँझ अठटोमा घर गए भोकै बस्नु पर्ने हुन्छ । दिउसभरी काम गरेर साँझ सामान काठको बाकसमा राखी पलाष्टिकले छोपेर घर जान्छन उनि । सामा कसैले चोरी गछृकी भन्ने चिन्ता हुन्छ उनलाई । कसैले यो सामान चोरो भने मेरो बुढा बुढीले भोकै मर्नु पर्छ । उनले भने ‘ मलाई यही ठाउँमा बसेको १६ बर्ष भन्दा बढी भयो । आज सम्म कसैले चोरेको छैन । सधै बोकेर घर लैजाने साझन र सामर्थे नभएपछि उनि सामान पलाष्टिकले छोपेर जान्छन ।
राज्यले ६० बर्ष भन्दा माथिका नागरिकलाई जेष्ठ नागरि भनेर छ्ट्याएको भएपनि उनिहरुले पाउने सेवा सुविधा ७० बर्ष पछि मात्र दिने गरेको छ । जसका कारण ६० बर्ष भन्दा माथिका र ७० बर्ष नपुगेका हजारौ जेष्ठ नागरिक राज्यबाट पाउने सेवा सुविधा उपभोग गर्न पाइरहेका छैनन । राज्यले ६० बर्ष पुरा भएका नागरिकलाई जेष्ठ नागरिक मानेको भएपनि सेवा सुविधा उपलब्ध नगराउँदा ७० बर्ष नपुगेका अधिकांश नागरिक समस्यामा परेका छन ।

यता गोदावरी नगरपालिकाले सोमबार देखि बजारमा माइकिङ गर्दै खोका छाप्रा हटाउन दबाब दिइरहेको छ । दशै तिहारको बेला बजारमा बढी भिडभाड हुने भएकाले सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै नगरपालिकाले खोका छाप्रा हटाउन निर्देशन गरेको हो ।
दशै तिहारका बेला राम्रो कमाई हुने आशमा अहिले धेरैले सडको छेउछाउमा ठेला राखी व्यापार गर्न थालेका छन ।
नगरपालिकाले उनिहरुको व्यवस्थापनका लागि कुनै विकल्प नखोजि हटाउन खोज्दा सडको छेउबाटै परिवारका गुजरा चलाइरहेका ठेला व्यापारीहरु समस्यामा परेका छन ।
नगरपालिकाले बारम्बार ठेला हटाउन दबाब दिए पनि उनिहरुको व्यवस्थापन कसरी र कहाँ गर्ने भन्ने बिषयमा अनविज्ञ रहेको छ । कोराना महामारीले गर्दा
राजगारी गुमाएका अधिकांश व्यक्तिहरुले अत्तरिया बजार क्षेत्रको सडक छेउछाउलाइ आफ्नो रोजगारीको केन्द्र बनाएका
थिए ।
दशैं तिहारमा राम्रो व्यापार हुन्छ भन्ने आशमा ठेला राख्ने भन्दा बर्षाैदेखि ठेलामा व्यापार गरेर परिवार
पालिरहेका व्यापारीहरु बढी समस्यामा पर्ने कृष्ण जोशीले बताए । जोशी विगत ३ बर्षदेखि अत्तरियाको चोकमा ठेला राखी व्यापार गरिरहेका छन ।