समुद्रपारीको कथा


बा मलाई बाहीर जान मन छ । खाना खादै गर्दा मैले आफ्नो कुरा राखे मलाई लागेको थियो कि बा आमा संगै हुदा आफ्नो कुरा मा आमाको समर्थन हुन्छ र साथ पाईन्छ । बा ले गाऊका धेरै का ऊदाहरण दीदै स्वदेश मै बस्न भन्नु भयो तर वहा को अनुहार मा प्रष्ट थियो बिदेशत जाने तर जाने खर्च छैन । आमा ले स्पष्ट कुरा राख्नु भयो र भन्नु भयो हामी संग न घर छ न घरेणी न त बैक लोन पत्याऊने आधार , नत गाऊकै साहुले पत्याऊने आधार । किन तलाई यती पढायर अन्तिम मा केही सुख होला सोचेका थियौ बिदेश नै जान्छस त छोरा ? तरबा पैसा को कुरा लुकाऊन चाहनु हुन्थ्यो किनकि वहा लाई आफ्नो कमजोरी लुकाऊनु थियो । आफ्नो एक मात्र सन्तान त्यही पनिबुढेसकाल को सहारा, वहा मैले भनेको केही पनि हुदैन भन्नु हुदैन थियो । बा ले पैसा नै छैन भन्दा वहा लाई आफै लाई अली फरकअनुभुति हुन्थ्यो । मलाई बिदेश जानु थियो बा लाई जसरी नि रोक्नु थियो । मैले जिद्दि गर्दै गय आमा ले धरधर आशु बगाऊदै भन्नु भयोबाबु खानलाई चामल छैन एक सरो लुगा नफेरेको ३ बर्ष भयो गाऊमा मेला पर्ब हुदा सबै ले मेरो धोती हेर्छन ७ बर्ष भयो तिम्रो पढाईजुटाऊदा हामी भोकै बस्ने अबस्थामा छौ । तेरो बा लाई कति सम्म रिण छ आफै रुन्छन बाबु कहील्यै त ? आमा रुदै गर्दा बा ऊठेर हीड्नुभयो सायद वहा का नि आखा भरि आशु रोक्न नसकेर लुकेर पोख्न अन्तै रुन जानु भा थियो । म थचक्क पर्दै गोरु चराऊन निस्के ।
मेरो आज को गोरु चराई अली ऊराठ थियो र झलझली आमा को त्यो धोती ले आशु पुच्दै रुदै गरेको फोटो मात्र आखा माआऊथ्यो । जंगल को बिचमा गोरु छोड्दै म भने खोला किनार मा गयर रुन थाले । मलाई बेस्सरी रुन मन थियो चिच्याई चिच्याई रुन मनथियो ता कि म आफ्नो पिडा आशु मा बगाऊन सकु । मलाई गोरु हैन आज जॅगल मा आशु बगाऊनु थियो । मैले लगातार २/३ घण्टाआशु बगाय चिच्याई चिच्याई रोय र साझ अबेर गोरु घर ल्याएर आय । न आमा को दोष न बाबा को दोष ? दोष त गरीबी को थियो मअबेर आऊदा बाबा आमा लाई निकै चिन्ता परेछ । घरको एक्लो छोरो केही भयो कि अथवा केही गरीहाल्यो की ? वहाहरु मलाई खोज्ननै आईसक्नु भयको रहेछ । घरमा बोल्ने नै अरु को थियो र म बाहेक । म गोरु ल्याईराखेको देखेर फर्कनु भयो । वहाहरु को ब्यबहार लेवहाहरु अत्यन्त छटपटाहट मा हुनु हुन्थ्यो आखिर न समाऊने हागो न भाच्ने हागो ? गर्न नै के सक्नु हुन्थ्यो र । बाबा ले आमा लाईसम्झाऊन भन्नु भा थियो होला, आमा ले मलाई साझ धेरै ऊदाहरण र आफ्ना पिडाहरु सुनाऊन थाल्नु भयो जुन कहील्यै म संग भनियकाथियनन । वहा हरु जेलमा हुनु हुदो रहेछ । हुन त मलाई पनि त्यही जेल बाट निकाल्न परदेश को भुत लागेको थियो तर पनि ? जेलकोचरि कसरी निष्कन सक्थ्यो र ?
मलाई जसरी पनि बिदेश नै जानु थियो मैले आमा लाई मामा फुपु हरु संग सल्लाह गर्छु भनेर भने । वहाहरु ले पनि आखिर भोकोपेटमा बस्न त कहा चाहनु हुन्थ्यो र फेरी गाऊमा गरीब ले काम पाऊने पनि त सम्भाबना थियन । यहा त काम पाऊन ठुलो नेता चिन्न पर्छचिनेर मात्र हुदैन दीन पर्छ दीयर मात्र हुदैन बिश्वास लिन पर्छ र झोला बोक्न पर्छ तर त्यो झोला बोकेर हजारौ माइल हीड्दा पनि पालोआऊदैन र नुन खायको कुखुरा झै झोक्रिनु पर्छ । अबस्था यही थियो आमा ले मामा संग सल्लाह गर्न पठाऊनु भयो । मामा घर त जाने तरम मामा संग खासै बोल्न सक्दीन थिए । कसरी मैले मामा संग कुरा गर्न सक्छु होला र खै मैले बाबा लाई चिठ्ठि लेखीदीन भनेर भने त्यसोभयो भने कुरा गर्न पनि सजिलो घरको सल्लाह मै आयको जस्तो पनि हुने । बाबा ले चिठ्ठि लेख्नु भयो र म झोला बोकेर बिदेश को सपनाबोक्दै हीडे ।
बाटो भरि मन मा अनेक कुरा खेली रहेका थिय । ३र४ पटक त बाबा ले लेखेर दीएको पत्र नै पढे । कही केही मिलेको छैन कि भनेरकलम ले मिलाऊदै गए । बाटो भरि मन मनै आफु आफै बोलीरहे, घरको सपना नया घर के के हो के के सम्झिरहे ? अति धेरै मन मासपना खेलीरहेको थिय । मन मनै बिहा पनि गरीसरेको थिय । बिहा मात्र हैन बिहा संगै बाबा आमा कि बुहारी ले गरेको सेवा पनि । गरीबको सपना क्या गज्जब ले खेल्दो रहेछ बाटोमा जहा मन्दीर भेटे फुल चडाई हाल्थे । भगवान संग एऊटै माग गर्थे, मामा ले पैसा हुन्छ भनुनर म बिदेश जान पाऊ । आकाश मा जहाज देख्दा त आफै बसे जस्तो त्यो भित्र ! लेखक: खेमराज ओझा (हाल टोकियो जापान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0