बझाङका सामुदायिक बिद्यालयको शिक्षा प्रति अभिभावक किन चिन्तित छन ?


दिपक राज जोशि/बझाङ : घर नजिकैको विद्यालयको पठनपाठनप्रति अभिभावक विश्वस्त हुनसकिरहेका छैनन । बजारका निजि स्तरका बिद्यालयमा महंगो शुल्क तिरेर बच्चालाई पढाउन सक्ने सबै अभिभावक क्षमतावान हुदैनन । बझाङका अभिभावक र बिद्यार्थिलाई यस वर्ष पनि यहाका सामुदायिक बिद्यालयको शिक्षा प्रति चिन्ता थपिएको छ ।
शैक्षिक बजारको प्रतिस्पर्धामा यहाका बिद्यार्थि को कमजोर उपस्थित रहने गरेको छ । शैक्षिक बर्ष शुरु हुने समयमा किन अभिभावक मात्र चिन्तित हुने गर्छन ?
बिद्यालयको शैक्षिक गुणस्तरप्रति विद्यालय ब्यवस्थापन समिति र शिक्षक चिन्तित किन हुन सक्दैनन् ? आफ्ना बच्चाबच्चीलाई कुन बिद्यालयमा भर्ना गर्ने ? शिक्षकले पठनपाठन भन्दा राजनितिमा किन बढि ध्यान दिने गरेका होलान ? समुदाय स्तरमा उब्जीएका यस्ता प्रश्नहरुले जहिले पनि शैक्षिक धरातललाई झस्काई रहन्छ ।
सामुदायिक विद्यालय को शैक्षिक स्थिति भन्दा निजि स्तरका बिद्यालयमा अभिभावक आर्कषित भईरहेका छन तर चर्को शुल्क बृद्विले अभिभावक समस्यामा पर्ने गरेका छन् । विभिन्न बहाना बनाएर सामुदायिक विद्यालयले पनि विद्यार्थिबाट रकम असुलि गरिरहेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका अन्र्तगत सत्यवादि माध्यामिक विद्यालय , सुनि पिपल चौर माध्यामिक विद्यालय , जालपा ,बाल मन्दिर, बालबिकास विद्यालयमा अंग्रेजि माध्यम र नेपालि माध्यममा पठनपाठन गरेर भएपनि गुणस्तरमा बृद्वि गर्न खोजि रहेका छन् । यसै गरि विथ्तडचिर गाउपालिकाको पनि एउटा बिद्यालयमा पनि अंग्रेजि माध्यम बाट पठनपाठन भईरहेको छ ।
अंग्रेजि माध्यम मा पठनपाठन गर्दैमा शैक्षिक सुधार हुनेमा अभिभावक बिश्वस्त छैनन् । राज्यले शिक्षालाई साझा अधिकारको सुचिमा उल्ल्ोख गरि लागुगर्ने संबिधानमा नै लेखिएको छ । तर विद्यालयमा नियमित अनुगमन , पुरस्किृत र दण्डित को ब्यवस्था कडाईका साथ लागु नहुदा सामुदायिक विद्यालयको गुणस्तरमा बृद्वि नभएको आम अभिभावकको बुझाई रहिआएको छ । सरोकारबालाहरु किन विद्यार्थी र अभिभावकलाई सन्तुष्ट दिन सकिरहेका छैनन ?
शिक्षकहरु पेशागत संघ संगठनहरु प्रति र माउ राजनिति पार्टीप्रति बफादार हुदा सामुदायिक विद्यालयको गुणस्तरमा उल्लेखनिय सुधार नभएको आरोप खेपि रहेका छन् । बिद्यार्थि सघं संगठनहरुले पनि अभिभावकहरुको मन जित्ने गरि सक्रिए भैईरहेका पाईदैन्न ।कमिसनका आधारमा विद्यालयका भवन र राहात शिक्षक ,बाल शिक्षक कोटामा आफ्ना मान्छेलाई जागिरे बनाउनका लागि तत्कालिन अवस्थामा स्थापना गरिएका विद्यालयमा शैक्षिक अवस्था झन भयाभह छ । जयपृथ्वी नगरपालिकाले विद्यालय मर्ज गरेर भएपनि विद्यार्थी र शिक्षकको अनुपात मिलाएर गुणस्तर बढाउन त खोजिरहेको छ ,तर विभिन्न किसिमको दबाबले नगरपालिका कार्य गर्न चुकिरहेकोछ ।
निजि बिद्यालय सर्वसुलभ छैनन् ,सामुदायिक विद्यालयमा गुणस्तर छैन । सामुदायिक बिद्यालयमा राज्यले कक्षाकोठाका लागी भवन र शिक्षक मात्रै उपलब्ध गराईरहेको पाईन्छ । विद्यालयमा राज्यले विद्यार्थिलाई आर्कषित गर्नलाई दिवा खाजाको समेत व्यवस्था गरिरहेको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सघंहरु समेत तदारुकताका साथ नलाग्दा पठनपाठनमा प्रभाव परेको देखिन्छ । अभिभावकले सधै चिन्तामात्र प्रकट गर्ने अधिकार प्राप्त निकायको निकम्माले यहाको शैक्षिक अबस्था खस्कदो देखिन्छ । यसबर्स पनि सरोकारवालाहरु विद्यालय को शिक्षा को गुणस्तर मा बढावा दिन लागिरहेका छैनन ।शैक्षिक सत्रको सुरुवातमै सबैको साझा सहकार्यले प्रयास गरि शैक्षिक गुणस्तरमा बृद्वि गर्न सकिन्छ । राज्यको लगानि खेर जान नदिन शिक्षा को गुणस्तरमा असाधारण परिवर्तन ल्याउन जरुरि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0