कैलालीकाे स्याउलेमा सुदूरपश्चिम राजधानी मेयर कप सुरु


अत्तरिया : कैलालीको गोदावरीमा सुदूरपश्चिम राजधानी मेयर कप सुरु भएको छ । पिएफए स्पोर्ट्स क्लबले आयोजना गरेको सुदूरपश्चिम राजधानी मेयर कपको आज (शुक्रबार) एक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा नगर प्रवक्ता गाेपाल भट्टले उद्घाटन गरेका छन् ।

गोदावरी-८ मा रहेको शिवशक्ति युवा क्लबको खेल मैदानमा भईरहरेको उक्त प्रतियोगिता  यहि महिनाकाे २२ गतेसम्म संचालन हुनेछ ।

१२ ओटा टिम सहभागी रहेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ पुरस्कार संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् भने द्धितिय हुने टिमले १ लाख नगदसंगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षकले १० हजार पाउनेछन भने उत्कृष्ट मध्ये मैदान खेलाडी तथा उत्कृष्ट अग्र मैदान खेलाडीले १० हजार पाउनेछन । त्यसैगरी प्रतियोगितामा म्यान अफ द म्याचका लागि ३३ हजार रुपैयाँ छुट्याईएको छ ।

उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा गोदावरी नगरपालिका रहेको छ भने सह प्रायोजकमा बाह्रबन साझेदारी बन गौरीगंगा ६  कैलाली रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0