जापानका लागि विद्यार्थी भिसामा प्लानेट भिटी अत्तरियामा १००% नतिजा


अत्तरिया : अत्तरियाको प्लानेट भि.टी. इन्स्टिच्युटले जापानका लागि विद्यार्थी भिसा आवेदनमा उत्कृष्ट सफलता हासिल गरेको छ। पहिलो चरणमा आएको नतिजामा २६ मध्ये २६ जना विद्यार्थी छनोट भई कारीब १००% नतिजा ल्याउन सफल भएका छन्। एक जना विद्यार्थीले पुन अप्लाई गर्न मिल्ने गरी इन्स्टिच्युटले अध्यापन गराउँदै गरेको छ ।

हाल यस इन्स्टिच्युटले जापानी र कोरियन भाषा अध्यापन गराउँदै आएको छ। कोरियन भाषाका लागि विगत अप्रिल इन्टेक २०२५ र जुलाई इन्टेकको नतिजामा समेत सकारात्मक परिणाम आउने विश्वास रहेको इन्स्टिच्युटका सञ्चालक पुष्कर राज शर्माले बताएका छन्।

इन्स्टिच्युटको अहिलेसम्मको उपलब्धि अनुसार, अत्तरियाको शाखाबाट ४६ जना, धनगढी शाखाबाट १४ जाना जापान गइसकेका छन्। साथै, कोरियाका लागि समेत १४ जाना विद्यार्थी अध्ययनसँगै महिनामा लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्।

हाल प्लानेट भि.टी.मा १७० भन्दा बढी विद्यार्थी जापानिज र कोरियन भाषा अध्ययन गरेका छन्। नेपालबाट वार्षिक रूपमा करिब ३४,००० जाना विद्यार्थी  भिसामा तथा २०,००० जना कामदार भिसामा जापान जाने गरेका छन्। यसै क्रममा, सुदूरपश्चिम प्रदेशबाट जापान जाने विद्यार्थी भिसा आवेदनमा डबल फिगर सहित प्लानेट भि.टी.ले अग्रणी भूमिका निर्वाह गरिरहेको छ।

प्लानेट भि.टी.ले  विगत १७ वर्ष देखि हजारौको संख्यामा प्रावधिक शिक्षा ( अाधारभुत , अफिस र डिप्लोमा कोर्षको कम्प्युटर तालिम ) छाेटाे समयका सिलाई कटाई तालिमहरु  सँगै प्लानेट भिटी मन्टेश्वरी स्कुल र ऐपेक्स ऐकेडेमी विद्यालय समेत संचालनमा रहेको छ ।