अत्तरिया उद्योग वाणिज्य संघ थप विवादित बन्दै : दुवै पक्षले गरे छुट्टाछुट्टै भेला
अत्तरिया : कैलालीको अत्तरिया क्षेत्रका व्यवसायीहरूको संस्था अत्तरिया उद्योग वाणिज्य संघ दिन प्रतिदिन थप विवादमा फसेको छ । गत वर्ष आयोजना गरिएको महोत्सवको विवादपछि समितिका ११ जना पदाधिकारीले राजीनामा दिएपछि अहिले समिति थप विवादित भएकाे हो । यस वर्ष पनि महोत्सव लगाउने चर्चाका बिच समितिका दुई तिहाइ सदस्यले नै राजीनामा दिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विवाद कायम रहेकाे छ । यस बिचमा हाल संघको अध्यक्ष रहेका कल्याण सिंह बोहरा र राजीनामा दिएका ११ जनाले छुट्टाछुट्टै भेला वाेलाई छलफल थालेका छन् । दुवै पक्षले यस क्षेत्रका व्यवसायीलाई बोलाएर छलफल आयोजना गरेका भए पनि अझै कसरी अगाडि बढ्ने भन्ने बारेमा भने निष्कर्षमा पुग्न सकेका छैनन् ।









