सुदूरपश्चिमेली नेपाली समाज क्रोऐसियाले भलिबल प्रतियोगिता गर्दै
गत वर्ष देखि संचालन गरिएको प्रतियोगितामा यस वर्ष हालसम्मकै ठूलो धनराशी पुरस्कार राखेर भलिबल प्रतियोगिता आयोजना गरिन लागेको सुदूरपश्चिमेली नेपाली समाजका सचिव श्याम बहादुर साउदले जानकारी दिएका छन । उनका अनुसार डिसेम्बर २६ गते (पुस ११) गते प्रतियोगिताको आयोजना गरिदै छ ।
प्रतियोगिता प्रिजवल्ज २ जरेवमा ईनडोर हुने उनले बताए । भलिबलको पुरस्कार राशी क्रोऐसियाली रुपैयाँ तीन हजार १३१ (नेपाली रुपैयाँ चार लाख ५३ हजार ९९५) नगदसहित ट्रफि र मेडल रहेको छ । प्रतियोगिताको द्धितिय पुरस्कार क्रोऐसियाली रुपैयाँ एक हजार ५१५ (नेपाली रुपैयाँ दुई लाख १९ हजार ६७५) नगदसहित ट्रफि र मेडल रहेको छ ।
टिम दर्ता शुल्क क्रोसियाली रुपैयाँ तीन सय (नेपाली रुपैयाँ ४३ हजार ५००) तोकिएको उनले बताए । प्रतियोगिता बिहान ७ः०० बजेदेखी संचालन गरिने सचिव साउदले बताए । प्रतियोगितामा ईयु कर्म भूमी बनाएका नेपालीहरुले टिम दर्ता गर्न सक्ने उनले जानकारी दिए ।







