बनदेवी वचत तथा ऋण सहकारीकाे छैटाै साधारण सभा सम्पन्न
अत्तरिया: कैलालीकाे अत्तरियामा रहेकाे वनदेवी वचत तथा ऋण सहकारीकाे छैटाै साधारण सभा सम्पन्न भएकाे छ । शनिवार अत्तरियामा संस्थाका शेयर सदस्य अतिथि ,विशिष्ठ अतिथि र प्रमुख अतिथिकाे उपस्थितिमा अाैपचारिकरुपमा साधारण सभा सम्पन्न भएकाे आयाेजकले वताएकाे छ ।

सहकारीले सांगठनिक प्रतिवेदन र लेखाप्रतिवेदन प्रस्तुत गर्दै पास गरि विभिन्न अावश्यक प्रस्तावहरु साधारण सभावाट पास गरिएकाे संस्थाका अध्यक्ष पुष्कर सर्मा जाेशीले जानकारि दिएका छन । कार्यक्रममा यस क्षेत्रका समाजसेवी , वुद्धिजिवी तथा बयाेवृद्ध व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे । साधारण सभामा सभा अध्यक्षता संस्थाका अध्यक्ष पुष्कर शर्मा जाेशीले गरेका थिए यस्तै प्रमुख अतिथि संस्थाका जेष्ठ सदस्य लाेक बहादुर मल्ल रहेका थिए भने विशिष्ट अतिथि संस्थाकै संस्थापक अध्यक्ष सुरत बहादुर विष्ट रहेका थिए । यस्तै कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव हेमराज अवस्थीले राखेका थिए भने कार्यक्रम संस्थाकै सदस्य डम्मर महरा (समीर) ले चलाएका थिए । संस्था २०७६ सालमा संचालनमा अाएकाे र पछिल्लाे समय बजारमा राम्राे प्रभाव रहेकाे संस्थाका व्यवस्थापक चित्रा खड्काले वताएकी छन। कार्यक्रममा विशिष्ट अतिथि,प्रमुख अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य राखि संस्थाकाे प्रगतिकाे कामना गरेका थिय ।







