धनगढीका मेयर हमालको अवस्था खतरामुक्त, अाईसियु वाट नर्मल वार्डमा सारियो

हमाललाई आजै दिउसाे ४ः२० मा नर्मल वार्डमा सारिएको मेयर हमालको छोरी आर्जु हमालले बताइन्। मेयर हमाललाई शनिवारदेखि दिल्लीस्थित म्याक्स हस्पिटलको न्युरोइन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखेर उपचार भइरहेको थियाे
चिकित्सकले मेयर हमालको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको भन्दै नर्मल वार्डमा सारेका हुन्। नर्मल वार्डमा मेयर हमालको चिकित्सककै निगरानीमा उपचार हुने बताइएको छ। उपचारमा संलग्न चिकित्सकले मेयर हमालको अवस्था खतरामुक्त रहेको भन्दै प्राइभेट वार्डमा सारेर ८-१० दिन उपचार गर्नुपर्ने सल्लाह दिइएको सामाजिक संजाल मार्फत मेयर हमालले बताएका छन।







