सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए पदवाट राजीनामा


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

 वैशाख ६ गतेमा एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका सोडारीले अल्पमतमा परेको ३०औं दिनमा राजीनामा दिएका हुन् ।