कर्णाली रिभरकाे बस बझाङकाे सुवेडा खड्केताेला भीरमा अड्कियाे
बझाङः धनगढीदेखि बझाङ जादै गरेको बस भीरमा अड्किएको
छ ।
धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज विहान भीरमा अड्केको हो। बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको बझाङ प्रहरीले बताएको छ। उक्त ठाउँमा फराकिलो सडक नहुँदा अहिले ठुला यातायात ठप्प रहेको र साना सवारीहरु भने सूचारु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। अहिले बस निकाल्ने प्रयास भइरहेको बताइएको छ।