कैलालीमा बस भित्रै बिद्यार्थी माथी चक्कु प्रहार


अत्तरिया : कैलालीमा बिद्यार्थिहरु बिच बिवाद हुँदा चक्कु प्रहार भएको छ । जिल्लाको घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु बिच सुखड देखी मसुरिया आउने क्रममा बिवाद भएपछि चक्कु प्रहार भएको हो । सार्वजनिक बसमै बिवादका कारण चक्कु प्रहारबाट दुई जना घाईते भएका छन् ।

घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत गौरीगंगा ८ बढैपुरका सागर सुनारलाई सार्बजनिक बसमा घर फर्कने क्रममा गौरीगंगा ९ का सुनिल आउजी र गौरीगंगा ५ का पुष्कर भाटले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता बेदप्रकाश जोशीले जानकारी दिए । चक्कु प्रहार गर्ने दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । घाईते सागर सुनारको घाटी, हात र खुट्टमा चोट लागेको छ । उनको पहलमानपुर पोलिकिल्नीकमा उपचार भैरहको छ ।

बसमा सबार बर्दगोरीया १ का जुद्ध साँउदको झडप नियन्त्रण गर्न खोज्दा हातमा चोट लागेको छ । चक्कु प्रहार गर्ने आउजी र भाट फरार रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0