धनगढीमा अटोरिक्सा चालक आन्दोलित


अत्तरिया ः धनगढीमा अटोरिक्सा चालक आन्दोलित भएका छन्। ट्राफिक प्रहरीले दुःख दिएको भन्दै विद्युतीय अटोरिक्सा चालकहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।

यातायात व्यवस्था कार्यालयले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा प्रहरीले दैनिक जरिमाना काट्न थालेपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन्। धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु रोकेर उनीहरुले प्रहरीविरुद्ध आन्दोलन थालेका हुन्।

एलएन चोकमा बिहानैदेखि आन्दोलन थालेका उनीहरुले मौन प्रर्दशनसमेत गरेका छन्। धनगढीमा लाइसेन्स नभएका अटो चालकबाट प्रहरीले दैनिकजसो पाँच सयदेखि १५ सय रुपैयाँ जरिमाना गराउन थालेको उनीहरुको गुनासो छ। अटोरिक्सा चालक र धनगढी उपमहानगरबीच अहिले छलफल भइरहेको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0