कैलालीमा बसको ठक्करबाट साइकलयात्री गम्भीर घाइते


धनगढी/ कैलालीमा बसको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार बिहान जिल्लाको गौरीगंगा नगरपालिका-१ चौमालामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको हो।

बसको ठक्करबाट साइकलयात्री गौरीगंगा २ कटानका ४० वर्षीय खडक थापा गम्भीर घाइते भएका प्रहरीले बताएको छ। उनलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल ल्याइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बससहित चालक फरार रहेका र खोजी भइरहेको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0