कञ्चनपुरमा एक पुरुषले बालिकामाथि यौन दुर्व्यवहार गरेर आत्महत्या


कञ्चनपुर : कञ्चनपुरमा एक ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने व्यक्तिले मंगलबार आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–२ का ३४ वर्षीय दिनेश मालीले आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनले छिमेककी ११ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको स्थानीले देखेका थिए । बालिका घाइते भएकी छन् । उनलाई अस्पताल लगिएको छ ।
स्थानीयले देखेपछि माली भागेको र घरभित्र झुन्डिएको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0