सुदूरपश्चिमका तीन जिल्लाका नाका आज साँझ ६ बजेदेखि खुल्ने


धनगढी– सुदूरपश्चिमका तीन जिल्लाका नाकाहरु आजदेखि खुल्ने भएका छन्। बन्द गरिएका दार्चुला, कञ्चनपुर र बैतडीका नेपाल–भारत सीमा नाका आजबाट खुल्ने भएका हुन्।

छिमेकी मुलुक भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गरिएको थियो। निर्वाचन सुरक्षाका लागि भन्दै दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाट नाका बन्द गरिएका थिए।

बन्द भएका नाका आज साँझ ६ बजेदेखि खुल्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0