धनगढीको शहीद गेटबाट लागूऔषधसहित तीनजना पक्राउ


धनगढी– कैलालीमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ३ सहिद गेटबाट तीनजना युवक ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेट स्पाससहित पक्राउ परेका हुन् ।

बोराडाँडीतर्फ जाँदै गरेको ध।उ।म।न।पा। ६८६ नम्बरको अटोमा चेकजाँच गर्दा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा अटो चालक धनगढी ३ का अन्दाजी २१ वर्षीय एकेन्द्र बिष्ट, सोही ठाउँका २० वर्षीय सुरेन्द्र कोली र प्रकाश बिक रहेका छन् ।

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0