प्रधानमन्त्री देउवाले गरे कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता


काठमाडौँ-  नेपाली कंँग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन् ।शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भइराखेको छ । पार्टी सभापतिसमेत रहनुभएका देउवाले १४ औँ महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

सभापति देउवासँगै पार्टी उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेस सभापति देउवाले अर्को कार्यकालका लागि उम्मेदवारी दर्ता गरेका हुन् । देउवाकोसभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला छन् ।

प्रधानमन्त्री देउवाभन्दा अगाडि काँग्रेस सभापतिको रुपमा कल्याण गुरुङ, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0