कञ्चनपुरको सुन्दरीफाँटाबाट अवैध काठ बरामद


कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले अवैध काठ बरामद गरेको छ। कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटा बस्ने सुकली देवी चौधरीको घरमा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय झलारी र सभ डिभिजन वन कार्यालय बाणीबाट खटिएको संयुक्त टोलीले चौधरीको घरबाट ७५।३६ क्यूफिट सालको काठ फेला पारेको प्रहरीले बताएको छ।

बरामद काठ आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय बाणीमा बुझाएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0