प्रतिनिधि छनोटका लागि कैलाली क्षेत्र नम्बर– ४ मा एमाले महाधिवेशन चुनाव सम्पन्न


अत्तरिया –

नेकपा एमालेको आसन्न १० औं महाधिवेशनका लागि कैलालीको क्षेत्र नम्बर – ४ निर्वाचन सम्मपन्न भएको छ । खुल्ला तर्फका महाधिवेशन प्रतिनिधिका लागि ५ जना छनोटमा सहमति हुन नसक्दा चुनाव भएको हो ।

जसका लागि १० जना प्रतिनिधि चुवानी मैदानमा उत्रिएका थिए । चुनावि मैदानमा भिष्मराज सुवेदी, धन बहादुर रोकामगर, किसन सिह साउँद (विशाल), सुरत बहादुर बिष्ट, पदम सिह सिङ्गाल, राम प्रसाद चौधरी, गोदावरी नगरपालिकाका मेयर हरी सिह साउँद, रविन्द्र बहादुर राना, लोकेन्द्र बहादुर शाही र इश्वरी देवी आचार्यले उम्मेद्वारी दावी गरेको निर्वाचन अधिकृति नरेन्द्र राज शर्माले बताए । चुनावमा २ सय २८ जना मतदाता रहेका थिए ।

क्षेत्र नम्बर – ४ बाट २ जना महिला प्रतिनिधि भने निर्विरोध छनोट भएका छन ।ए मालेको २०७८ मंसिर १०–१२ गते सम्म चितवनमा राष्ट्रिय अधिवेशन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0