आजदेखि देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

धनगढी – आजदेखि देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको हो ।

नियमित खोप तालिका अनुसार कात्तिक २ र ३ गते खुवाउनुपर्ने भिटामिन ‘ए’ दशैँ बिदाका कारण पाँच दिन सारिएको थियो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले यस पटक २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि ९अबलेन्डाजोल० खुवाउने कार्यक्रम रहेको बताए ।

उनले वर्षमाथिका बच्चालाई जुकाको औषधि र छ महिना भइसकेका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने बताए । भिटामिन ‘ए’ खुवाउँदा मास्क अनिवार्य गर्नुपर्ने, दुई मिटरको दूरी कायम गर्नुपर्ने, हातमा सेनिटाइजर लगाउनुपर्ने, खुवाउने केन्द्रमा हात धुने व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रमका लागि देशभरबाट ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका खटिनेछन् । यस्तै भिटामिन ‘ए’ खुवाउने केन्द्र ५२ हजार कायम गरिएका छन् । चार हजार स्वास्थ्यकर्मीले त्यसको अवलोकन गर्नेछन् । भिटामिन ‘ए’ खुवाउने कार्यक्रम व्यवस्थापनमा पनि पाँच हजार जनशक्ति खटिनेछन् ।

सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाउँदै आएको छ । वर्षमा दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ ।

सोही कार्यक्रम अन्तरगत बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । राष्ट्रिय कार्यक्रम अनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0