समैजी ज्ञान महायज्ञको राज्यमन्त्री चौधरीद्वारा उद्घाटन


दिर्घ शाही, कार्तिक ३ – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ धन्चौरीमा हुन लागेको श्री समैजी ज्ञान महायज्ञको भौतिक पूर्वाधार विकास तथा राज्यमन्त्री चुनकुमारी चौधरीले उद्घाटन गरेकी छन । श्री समैजी आधारभुत विद्यालय व्यवस्थापन समितिको आयोजनामा हुन लागेको महायज्ञको बुधबार एक कार्यक्रम गर्दै मन्त्री चौधरीले उद्घाटन गरेकी हुन ।

No description available. गोदावरी नगरपालिका वडा नम्बर ९ धन्चौरी स्थित समैजी आधारभुत विद्यालयमा हुने उक्त महायज्ञ कार्तिक ३ गतेदेखि ९ गते सम्म सञ्चालन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समैजी ज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक रघुनाथ जोशीले जानकारी दिए ।

धर्म संस्कृतीको जगेर्ना गर्ने मुख्य उद्देश्यसहित महायज्ञको आयोजन गरेको प्रचार प्रसार समिति संयोजक मदन बहादुर कठायतले बताए । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस विद्यालयमा घेरबार वा नयाँ पक्की भवन निर्माण गर्ने प्रतिवद्धता गरेको उनले बताए ।

No description available.

त्यस्तै कार्यक्रममा नेकपा माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा समैजी ज्ञान महायज्ञ मुल आयोजक समितिका उप–संयोजक उद्धव भट्टराईसहित विभिन्न दलका नेता कार्यक्रता, पत्रकार र स्थनीय बासीको उपस्थिति रहेको थियो ।

No description available.

कार्तिक ३ गते देखि ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा श्री अच्युत सरण महारज ज्यू, श्री गोविन्द प्रसाद (योग गुरु) र श्री नेपाल सम्राट अत्री लगायल स्थानीय भजन मण्डलीको समेत सहभागिता रहेने कठायतले जनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0