प्रधानमन्त्री देउवा र राष्ट्रपतिबीच भेटवार्ता यस्तो भयो निर्णय ?


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने बारे छलफल भएको छ ।

भेटवार्तामा प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई मन्त्रीको नाम टुंगो लागे लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने बारे जानकारी गराए । अहिलेसम्म नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र कांग्रेसले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाइसकेका छन् ।

कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0