गोदावरीमा गाैरव ऐर माथि चक्कु प्रहार : भारततर्फ भागिरहेका १० जना पक्राउ

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारततर्फ भागिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपालीसहितका १० जनालाई साेमवारराति पक्राउ गरेको हो। उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
भारततर्फ भाग्दै गरेका उनीहरूलाई सीमा नाका नजिकैबाट पक्राउ गरिएको हाे। पक्राउ परेका १० जना नै भारततर्फ भागिरहेका थिए। डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गाैरव ऐरमाथि आइतवार राति चक्कु प्रहार गरिएको थियो। ऐरलाई उपचारका लागि भारत लगिएको छ।












