प्लानेट भिटी कम्प्युटर इन्स्टिच्युट १९अाैं बर्षमा प्रवेश :८०हजार बढी विद्यार्थीले लिए तालिम
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा मुख्य कार्यालय रहेको प्लानेट भिटी कम्प्युटर इन्सिच्यूट १८ वर्ष पारगरि १९अाैं बर्षमा प्रवेश गरेको छ । वि स २०६४ सालमा विधिवत रुपले स्थापना भएको प्लानेट भिटीले विभिन्नकिसिमका प्राविधिक तालिम एवम् विभिन्न सामाजिक क्रियाकलापहरु समेत गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा शनिबार विविध कार्यक्रमहरु गरि अत्तरियाकाे नमस्ते पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।







