बजेटमा याेजनाकाे खिचातानीले सुदूरपश्चिममा बजेट भाषणकाे समय सारियाे


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आज (आइतबार ) बजेट ल्याउने भएकाेछ ।  प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि साँझ ५ बजे बजेट सार्वजनिक गर्ने भनेपनि वजेटकाे तयारी नपुगेकाे भन्दै  अाज साँझ ७ बजेसम्मलाई सारिएकाे हाे ।
स्राेतका अनुसार बजेटका विषयमा आर्थिक मामिला मन्त्रालय र भाैतिक पूर्वाधार बिकास मन्त्रालयबीचकाे अापसकाे खिचातानीले याेजनाहरु बजेटमा समेटन सकिएकाे छैन् ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकारकाे अनुराेधमा समय सारिएकाे मिडियालाई जानकारी दिएका छन । संविधानअनुसार प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेकाले प्रदेश सरकारले समयमै बजेट ल्याउन तयारी गरिरहेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ३१ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । आगामी वर्षको बजेट पनि सोही हाराहारीमा रहने अनुमान गरिएको छ ।