अत्तरियामा करोडौं रकम उठाएर फरार भएकी महिला पक्राउ


अत्तरिया : कैलालीको अत्तरियाबाट तीन करोड रकम उठाएर फरार भएकी महिला पक्राउ परेकी छिन् ।

अत्तरियाका विभिन्न व्यक्तिहरुको करिब तीन करोड रकम उठाएर २०८१ स्र श्वावण महिनामा फरार भएकी विना चौधरी (योगी) पक्राउ परेकी हुन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको र आजै इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याउन लागिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताएका छन् ।

चौधरीमाथि परेका दुई वटा उजुरीको आधारमा गएराती काठमाडौंबाट पक्राउ गरिएको उनले बताएका छन् । घटना सार्वजनिक भएको समयमा चौधरीलाई अत्तरियाको अपी सैपाल बचत तथा ऋण सहकारीसंग जोडिएको थियो ।

पछि सहकारीले चौधरी आफ्नो कर्मचारी नभएको र व्यक्तिगत कारोबारको जिम्मेवार बन्न नसक्ने भन्दै विज्ञप्ती सार्वजनिक गरेको थियो ।