डीडीसी अत्तरियाका प्रमुख भट्टराई स्थानियद्वारा १ घण्टा कार्यकक्षमै थुनिए
अत्तरिया : कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) का प्रमुख निराजन भट्टराई कार्यकक्षमै थुनिएका छन । बिहिवार अत्तरियामा रहेको दुग्ध वितरण आयोजना धनगढी सार्ने चलखेल गरिरहेको भन्दै स्थानियहरुले भट्टराईलाई करिव एक घण्टा कार्यकक्ष भित्रै थुनेका छन ।


उनले आगामी आर्थिक वर्षभित्रमा डीडीसीका लागि जमिन लिखित रुपमै दिने प्रतिवद्दता ब्यक्त गर्दै नमानेको खन्डमा याे भन्दा अझै थप कडा आन्दोलनका कार्यक्रमहरु गरिने समेत बताए । अान्दाेेलनरत पक्षले कार्यालय प्रमुख भट्टराई लाई डिडिसीका सामानहरु राति राती धनगढी सरेकाे अाराेप समेत लगाएका छन । यस्तै अाजै काेणसभा गरिडिडिसीकाे प्रसासनीक भवनमा स्थानिय अान्दाेलनकारीले समस्याकाे समाधान नभएसम्मका लागि तालालगाएका छन ।







