राजनीतिक प्रभावबाट टाढा रहँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान पछिल्ला केही महिनादेखि अत्तरियामा सक्रिय रहँदै आएको छ।
अभियानका संयोजक धन वहादुर बाेगटी( धिरेन)का अनुसार, “जय गोदावरी अभियान राजनीतिक दलप्रति बढ्दो वितृष्णा हटाउँदै युवाहरूलाई सकारात्मक सामाजिक गतिविधिमा संलग्न गराउने उद्देश्यले अगाडि बढाइएको हो।”
कार्यक्रममा स्वास्थ्य सेवाका पूर्व निर्देशक डा. लक्ष्मीराज पाठक, डा. नरबहादुर मौनी , सफल युवा व्यावसायी प्रेमराज भट्ट , १०८ पटक रक्तदानगरिसकेका दिपक उपाध्याय नेपाल, च्याम्वर अफ कमर्शका सुदुरपश्चिम अध्यक्ष विनाेद मल्ल ,स्थानिय समाजसेवी, ऐपेक्स ऐकेडेमीका प्राचार्य समीर महरा, युवानेता लाेकराज पाण्डेय (अागाे) यसक्षेत्रका विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधीकाे उल्लेखनिय एवम् उत्साहजनक सहभागीता रहेको थियो ।
अभियानका अनुसार, समाजमा यस किसिमका सामाजिक तथा सेवामूलक कार्यक्रम आगामी दिनहरूमा समेत निरन्तर सञ्चालन गरिने छन्।
तीन महिनामा नेतृत्व परिवर्तनको प्रणाली अपनाइएको यस अभियानले स्वतन्त्र र निष्पक्ष सामाजिक राजनैतिक आन्दोलनको रूप लिने लक्ष्य लिएको बताइएको छ। आजको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेकाे रेडक्रस कैलालीका प्रतिनिधि जाेती जाेशीले जानकारी गराएकि छन् । प्रेम स्मृति एक दिवसीय रक्तदान कार्यक्रमका प्रायाेजक सुवाेध भट्टले अब निरन्तर अाफ्ना स्व : वुबाकाे सम्झनामा मासिक ३० हजारका दरले १२ महिनानै शिक्षा र स्वास्थ्य सेवा पाउनवाट बञ्चित गाेदावरीका १२ वटै वडाका नागरिकहरुलाई अक्षकाेष वनाई सेवा प्रदान गर्नेकुरा सहभागीका विचमा घाेषणाा गरेका छन । सहभागीहरुलाई स्वागत मन्तव्य राख्दै यहाँको समाजले अाफुलाई धेरैकुरा दिएकाे हुदा हामीले पनि समाजलाई केही अंश फिर्ता गर्नुपर्दछ भन्ने विचारवाेकी याे अक्षकाेषकाे स्थापना गरिएकाे वताएका थिए । कार्यक्रम अभियानका सहसंयाेजक शेर वहादुर विष्टले गरेका थिए भने कार्यक्रमकाे समापन संयाेजक वाेगटीले गरेका थिए ।

