राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेकोे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार साइकलसहित राना मृत भेटिएका छन्।
मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन्। मंगलबार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए। मृत भेटिएको स्थानमा साइकलसहित उनको माथिल्लो शरिरको कपडा थिएन।
अहिले मृतकको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घटनाकाे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।