शिखर डेण्टलकाे प्राविधिक सहयाेगमा एक दिने निःशूल्क दन्त शिविर सम्पन्न
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका– २ शान्तिटोलमा शिखर डेण्टलकाे प्राविधिक सहयाेगमा एकदिने निःशुःल्क दन्त शिविर आयोजना गरिएको छ । अत्तरियाकाे धनगढी राेडमा रहेको शिखर डेन्टल प्रा.लि. सँगको सहकार्यमा स्थानिय शान्तिटोल विकास समितिले एक दिने दन्त शिविर सम्पन्न गरेकाे छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसर पारी शिविरको आयोजना गरिएको डेण्टलका संचालक मीन देउवाले जानकारी दिए । कार्यक्रम काे अध्यक्षता शान्तिटाेलका अध्यक्ष जय धामीले गरेका थिए भने कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवि विष्ट रहेकी थिईन ।



कार्यक्रममा विशिष्ठ अतिथिमा नेपाल चेम्बर अफ कमर्शका सुदूरपश्चिम प्रदेश अध्यक्ष विनोद मल्ल, कैलाली अध्यक्ष प्रमोद अधिकारी, शिखर डेन्टल प्रा.लि.का मेनेजिङ डाईरेक्टर मीन देउवा, डा. शिवानी पटेल, प्याब्सन गोदावरीका अध्यक्ष मदन जोशी, समाजसेवी धर्म कुँवर लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा १५० जना स्थानियले सेवा लिएका थिए भने प्रत्येकलाई टुथपेष्ट र ब्रुस पनि वितरण गरिएको थियो । त्यसका साथै दिनमा कति पटक दाँत माझ्ने, कसरी माझ्ने भन्ने विषयमा पनि जानकारी दिईएको थियो । यसैबिच शिखर डेन्टल प्रा.लि. का मेनेजिङ डाईरेक्टर मीन देउवाले दाँतको उपचारमा ५० प्रतिशत सम्म छुट दिने बताएका छन । उनले शिविरमा सहभागि विरामीहरुले थप उपचार गर्नुपरे अत्तरियास्थित डेन्टल प्रा.लि. मा ५० प्रतिशत सम्म छुट दिने बताएका छन ।




