गाेदावरीकाे स्याउलेवाट बलात्कार आरोपमा होटल सञ्चालक पक्राउ
सोही होटलमा काम गर्ने नाबालिकाले आफूमाथी पुस १५ गते बलात्कार गरेको प्रहरीमा उजुरी दिएपछि साउँदलाई शनिबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएकाे छ ।
मालाखेती इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले घटना घटेको भोलिपल्ट नै पीडितको उजुरीको आधारमा पीडक उपर मुद्दा दर्ता भएको बताए । प्रहरीका अनुसार ती नाबालिका माथी पुस १५ गते रातिको समयमा साउदले बलात्कार गरेका थिए ।







