दुर्गालक्ष्मी नमुना मावि शिक्षक प्रतिनिधिमा ओझा भए सर्वसहमतले चयन


अत्तरिया  : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा  अाईतवार  शिक्षक प्रतिनिधि चयन कार्यक्रम  सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रुपमा तपराज ओझा सर्वसहमतले चयन भएका छन ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक बिर सिंह महताले बिजया दशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रममा शिक्षक र कर्मचारीको सहभागितामा विद्यालय सुधार योजनाबारे छलफल र सुझाव आदानप्रदान गरिएको थियाे।

कार्यक्रमको संचालन सहायक प्र.अ. हरिप्रसाद ओझाले गरेका थिए। यसरी शिक्षक प्रतिनिधि चयनसँगै विद्यालयको प्रशासनिक निर्णय र सुधार कार्यक्रममा शिक्षकहरुको सक्रिय सहभागिता सुनिश्चित गर्ने वातावरण तयार भएको जानकारी सूचना अधिकारी मार्फत सार्वजनिक गरिएको थियाे ।