कारागार घटना प्रकरणमा कैलालीका सिडिओ तानीय गृह मन्त्रालय
अत्तरिया : बुधवार (अाज) गृह मन्त्रालयले दुई जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनमा आज भएको निर्णयअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगन हमाललाई गृह मन्त्रालयमा तानिएको छ। उनको स्थानमा दाङका प्रजिअ कृष्ण प्रसाद लम्साललाई कैलाली पठाइएको हो।
स्थानीय स्रोतका अनुसार, उक्त झडपको कारण कारागारभित्र लुकीछिपी रहेका धारिला हतियार, कैदीबन्दीबीचको गुटबन्दी, र प्रशासनको निगरानीमा देखिएको कमजोरी रहेकाे थियाे। घटनापछि पीडित पक्षका आफन्त, मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयलाई जबाफदेही हुन माग गरेका थिए।गृहमन्त्री लेखकले घटनामा देखिएको प्रशासनिक लापरबाहीका लागि जिम्मेवारीको स्पष्टता आवश्यक ठान्दै प्रजिअ हमाललाई गृह मन्त्रालयमा तान्ने निर्णय गरेका हुन्। गृह मन्त्रालयका अनुसार, नयाँ प्रजिअ कृष्ण प्रसाद लम्साललाई तत्कालै कैलाली पुगेर कारागार सुरक्षा व्यवस्था सुधार्न र घटनाको विस्तृत छानबिनमा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको हाे ।यससँगै, गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई कारागार र सुरक्षासम्बन्धी संवेदनशील विषयमा उच्च सतर्कता अपनाउन समेत आह्वान गरेको छ।




