मालाखेती प्रहरीकाे सक्रियता बढ्दै : डेढ किलो चरेशसहित ४ जना पक्राउ


अत्तरिया : मालाखेती ईलाकामा प्रहरीले अाफ्नाे सक्रियता वढाएसंगै  कैलालीको गोदावरीबाट डेढ किलो चरेशसहित ४ जना पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका- ४ बस्ने २८ वर्षीय चन्द्र सिंह एरी, २५ वर्षीय मोहन भट्ट र महेश बि.क रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बिहिबार राती इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले वडा नम्बर- १ स्थित भरतपुरबाट पक्राउ परेका उनीहरुको साथबाट झण्डै आधा किलो चरेश बरामद गरेको हो ।

त्यस्तै गोदावरी- २ अत्तरिया स्थित बझाङ्ग बिपिन होटेलबाट बझाङ्गको छबिसपाथिभारा गाउँपालिका- ७ का ३९ वर्षीय गगन बोहरा पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बोहराको साथबाट प्रहरीले १ किलो चरेश बरमद गरेको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले  मिडियालाई बताएको छ ।