धनगढीका वन अधिकृत घुस रकम सहित रङ्गेहात पक्राउ
अत्तरिया: डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादवलाई घुससहित अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
यादवले घुसवापत लिएको नगद ७ लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएको छ । यादवलाई अख्तियारको टोलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै नियन्त्रणमा लिएको हो । घटनाको विस्तृत विवरण भने अझै आउन बाकी नै रहेकाे छ ।







