नयाँ आर्थिक वर्षकाे बजेट आजदेखि कार्यान्वयनमा जाने


सरकारको यो नयाँ बजेटले अघिल्लो वर्षको तुलनामा करिब ३४ प्रतिशतले राजस्व वृद्धि गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ, जसका लागि कर प्रणाली सुधार, दायरा विस्तार र नीतिगत कडाइलाई प्राथमिकता दिइएको छ।

आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्ष २०८०/८१ को तुलनामा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो, जसले ११.३३ प्रतिशतको वृद्धि दर्शाउँछ। अघिल्लो वर्ष १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। सरकारले २०८१/८२ का लागि सुरुमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर अर्धवार्षिक समीक्षापछि उक्त लक्ष्य परिमार्जन गरी १२ खर्ब ८६ अर्बमा झारिएको थियो। संशोधित लक्ष्य अनुसार सरकार ९१.६० प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ।

चालू आर्थिक वर्ष २०८२/८३ मा सरकारको राजस्व संकलन लक्ष्य १३ खर्ब १५ अर्ब रुपैयाँ निर्धारण गरिएको छ। यो अघिल्लो वर्षको संकलनभन्दा झन्डै १ खर्ब ३६ अर्ब रुपैयाँले बढी हो, जुन लक्ष्य प्राप्तिका लागि सरकार अझ सक्रिय रूपमा अघि बढ्ने बताइएको छ।