सञ्चारकर्मी जोशीकी धर्मपत्नीलाई प्रेस चौतारीले गर्याे आर्थिक सहयोग

घटनामा सुप प्र ०१–००५५ नम्बरको मोटरसाइकल र सुप १००१–४३०९ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार जोशी गम्भीर घाइते भएकी थिइन्। उनी बझाङ जिल्ला अस्पतालमा अनमी पदमा कार्यरत छिन् र ड्युटी सकेर घर फर्किने क्रममा साँझ ७ बजेतिर दुर्घटना भएको थियो।
हाल घाईते जोशीको उपचार सेती प्रादेशिक अस्पताल धनगढीमा भइरहेको छ। घाइते अवस्थामै सेती अस्पतालमा उपचाररत जोशीलाई प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटी र प्रेस चौतारी कैलालीको टिमले अस्पतालमै पुगेर भेटघाट गरि स्वास्थ्यलाभकाे कामना गरेको छ।
प्रेश चाैतारी नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष नरेन्द्र कार्कीको नेतृत्वमा पुगेको पत्रकारको टोलीले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन ।







