अत्तरिया : कैलालीको गोदावरी नदीमा एक महिलाको शव फेला परेको छ। गोदावरी नगरपालिकाकाे गोदावरी नदी किनारामा बेवारिसे महिलाको नाङ्गो अवस्थामा सव फेला परेको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको बताए। उनले महिलाको शरीरमा धेरै चोटपटक नभएकाे तर नाङ्गाे रहेकाे बताए ।
नजिकैबाट नदीमा बगेर मृत्यु भएकाे हुन सक्ने भन्दै उनले घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको मिडियालाई बताए।