बजेटमा याेजनाकाे खिचातानीले सुदूरपश्चिममा बजेट भाषणकाे समय सारियाे
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आज (आइतबार ) बजेट ल्याउने भएकाेछ । प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि साँझ ५ बजे बजेट सार्वजनिक गर्ने भनेपनि वजेटकाे तयारी नपुगेकाे भन्दै अाज साँझ ७ बजेसम्मलाई सारिएकाे हाे ।

स्राेतका अनुसार बजेटका विषयमा आर्थिक मामिला मन्त्रालय र भाैतिक पूर्वाधार बिकास मन्त्रालयबीचकाे अापसकाे खिचातानीले याेजनाहरु बजेटमा समेटन सकिएकाे छैन् ।







