गोदावरीमा नवप्रर्वद्धन अध्ययन, अनुसन्धान तथा आविष्कार प्रवर्धनबारे प्रशिक्षण सुरु


अत्तरिया : कैलालीको गोदावरीमा नवप्रर्वद्धन अध्ययन, अनुसन्धान तथा आविष्कार प्रवर्धनबारे ५ दिने प्रशिक्षण सुरु भएको छ । गोदावरी २ मा रहेको गोदावरी आविष्कार केन्द्रले गोदावरी नगरपालिका शिक्षा शाखाकोे सहयोगमा उक्त प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षणको आइतबार गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता गोपालदत्त भट्टले उद्घाटन गरेका छन् । प्रशिक्षणमा गोदावरी नगरपालिकाका २५ जना युवा युवतीहरु सहभागी रहेका  अायाेजकले जानकारी गराएकाछन् ।

प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै भट्टले अहिलेको युग प्रविधिको युग भएकोले यस्ता प्रशिक्षणहरु आवश्यक रहेको बताए । उनले यस प्रकारका तालिमले देशमै रोजगारी सिर्जना समेत भूमिका खेल्ने भन्दै प्रविधिमैत्री बनेर जीवनयापनमा समेत सहज हुने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डाक्टर डम्बर पालले गोदावरी अविष्कार केन्द्रले यस क्षेतमा नयाँ कामको सुरुवात गरिरहेको बताएका थिए ।

उनले यस आविष्कार केन्द्रबाटै सिकेका केहि व्यक्तिहरुले देशका विभिन्न ठाँउहरुमा पुगेर प्रशिक्षण प्रदान गरिरहेको बताए । त्यस्तै गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले वर्तमान युगमा सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको बताए ।

सूचना प्रविधिमा गरिएको लगानिले देशलाई विकासको गतिमा अगाडि बढाउन समेत टेवा पुग्ने उनले बताए । प्रशिक्षणको प्रशिक्षकको रुपमा शेखरराम साउँद, इन्जियिर किरण भट्ट, इन्जिनियर सम्राट भट्ट, धुर्व बोहरा र लक्ष्मी प्रसाद खनाल रहेका छन् ।

सहभागीहरुलाई काइ क्याट सफ्टवयर, प्रोपर सोल्डरिङ टेक्निक, आइओटी लगायतका बारेमा प्रशिक्षण प्रदान गरिने प्रशिक्षक साउँदले बताएका छन् ।