धनगढीमा लगानी सम्मेलनको पूर्वतयारी स्वरूप प्रि–समिट सुरु : असाेज १ र २ गते सम्मेलन हुने
धनगढी : सुदरपश्चिमकाे धनगढीमा लगानी तथा विकास सम्मेलनका लागि पूर्वतयारी स्वरूप प्रि–समिट सुरु भएको छ । बुधबार परराष्ट्रमन्त्री डा. आरजु राण देउवाको प्रमुख आतित्थ्यतामा प्रि–समिट सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भइरहेको प्रि–समिटमा नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको पनि उपस्थिति रहेकाे थियाे ।
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनका लागि पूर्वतयारी स्वरूप प्रि–समिट आयोजना गरिएको हो । ‘सुदूरपश्चिमको सशक्तीकरण : लगानी, नवप्रवर्तन र उन्नति’ मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन असोज १ र २ गते आयोजना गर्नकुरा अायाेजकले वताएकाे छ । यस्तै कार्यक्रममा लगानी वाेर्डका प्रमुख तथा प्रतिनिधि,सुदुरपश्चिम प्रदेशका सासदहरु,निजिक्षेत्रकाे नेतृत्व गरिरहेकाे विभिन्न व्यापारीक नेता तथा स्थानिय सरकार प्रमुखहरुकाे उपस्थिति रहेकाे थियाे ।