डडेल्धुराकाे परशुराम नगरपालिकामा मेयर बिजनेस कप हुने


आर्थिक बर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम अन्तरगत नविनतम ,ज्ञान, सीप र साेच भएका क्षमतावान उद्दमीका लागि नव प्रवर्तनात्मक ब्यबसायमा संलग्न गर्ने उदेश्य स्वरुप (मेयर बिजनेस कप) कार्यक्रम सञ्चालनमा ल्याईएकाे नगर-प्रमुख भरत बडायर जाेशीले बताए ।

जेष्ठ १८ गते नगरपालिकाले साे कार्यक्रमका लागि सुचना सार्वजनिक गरेकाे छ ।

केही गरु भन्ने साेच भएका तर, विभिन्न, सीप कला, क्षमता दवाएर वसेका परशुरामका स्थायी नागरिकले (मेयर बिजनेस कप)का लागि तयार पारेकाे अनुसुचि फाराम भरी आबेदन दिन सकिने प्रमुख प्रशासकिय अधिकृत कल्पना भट्टले बताए ।