आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड सार्वजनिक
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब नौ करोड र पुँजीगत तर्फ चार खर्ब सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए । यसै क्रममा वित्तीय व्यवस्थापनका लागि ३ खर्व ७५ अर्व २४ कराेड विनियाेजन भएकाे छ । यस्तै वैदेशिक अनुदान ५३ अर्ब ४५ कराेड यसैगरि बैदेशिक ऋण २ खरब ३३ अर्व लिनेकुरा सरकारले वजेटमा उल्लेख गरेकाे छ भने बजेट चालु वर्षको तुलनामा एक खर्ब बढेको हो ।